त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष ‘सिल’

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । सो कक्षमा काम गर्ने डाक्टर र नर्समा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ जनाको बुधाबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि सिल गरिएको हो । अस्पतालको आकस्मिक कक्षमा कार्यरत अन्य कर्मचारीको नमुना संकलन कार्य सुरु गरिएको छ । अस्पतालका अन्य कर्मचारीको रिपोर्ट आएपछि मात्रै आकस्मिक वार्ड सञ्चालन गर्ने नगर्ने निणर्य हुने जानकारी दिइएको छ ।

अस्पतालको मेडिसिन वार्डमा कार्यरत अन्य ४ जनालाई पनि यस अघिनै कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

सम्बन्धित खबर

सिफारिस