काठमाडौँ आवतजावत पुर्णरुपमा बन्द, यस्तो छ प्रशासनको सुचना !

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २९ । गृहमन्त्रालयको निर्देशन पश्चात आजदेखि काठमाडौँ भित्रिन र काठमाडौँबाट बाहिरिन पुर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ती जारि गर्दै काठमाडौँबाट बाहिरिन भित्रनका लागि दिईने पास पुर्ण रुपमा बन्द गरिएको जनाएको छ ।

काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको बताए। उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन्।

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि एकजिल्ला बाट अर्को जिल्ला जान आउनका लागि दिईने पास बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो । त्यस्तै स्थानीय तहहरुलाई समेत लकडाउन घोषणा गर्न सक्ने अधिकार सरकारले दिएको छ ।

पछिल्लो समयमा उपत्यकाभित्र कोरोना संक्रमणको दर दैनिक तीब्र रुपमा बढ्दै गएपछि व्यवस्था थप कडा बनाइएको हो । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।

सम्बन्धित खबर

सिफारिस