काठमाडौँ, साउन २९ । बिहीबार नेपालमा थप ५ सय २५ जना कोरोना संक्रमण भेटिएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमार्फत बिहीबार ९ हजार ८ सय ५९ नमुना परिक्षण गरिएकोमा ५ सय २५ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको बताएका छन् ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । बिहीबार नै १ सय ९ जना डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ । हाल नेपालभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना रहेको छ ।