कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५ पुग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २९ । कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा महोत्तरीका १ जना, धनुषाका १ जना, अछामका १ जना र मोरङका १ जना रहेका छन् ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

महोत्तरीको रामजानकी अस्पतालमा मृत्यु भएका ४५ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । क्षयरोग र मधुमेहका बिरामी रहेका उनको गत साउन २५ गते निधन भएको हो । त्यस्तै धनुषाको मिथिला–७ ढल्केबरका ८५ बर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

त्यसैगरि अछाम जिल्ला रामारोशन गाउँपालिका–५ का १८ बर्षीय युवकको बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मृतक युवक मुटुरोगी भएको प्रवक्ता डा. गौतमले बताएका छन् । त्यस्तै मोरङको विराटनगर महानगरपालिका–३ का ५७ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको कोशी अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित खबर

सिफारिस