जुगल पहिरोः ३६ जना बेपत्ता, पाँच जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो (अपडेट)

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि वेपत्ता हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परि १३ घर पुरिएको र त्यहाँका ३६ जना बेपत्ता भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले दियोपोस्टलाई जानकारी दिएका छन् ।

पहिरोमा परि गम्भिर घाइते भएका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको नेपालले बताए । उनका अनुसार पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ ।

पहिरोमा परि वेपत्ता भएकाहरुको उद्धार तथा खोजी कार्य भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् । उनका अनुसार घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीय युवाहरुले उद्धार गरिरहेका छन् । सभामुख अग्नि सापकोटा पनि हेलिकप्टरबाट त्यसतर्फ लागेका छन् ।

सम्बन्धित खबर

सिफारिस