
काठमाडौँ, साउन ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारि आन्तरिक विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहालबिच भएको छलफलबाट जारि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमती भएको हो ।
कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले छिट्टै विवाद सुल्झाउने गरी काम गर्ने दुई अध्यक्षबीच सहमति भएको बताइएको छ ।