थप ५ सय ९४ जनामा कोरोना संक्रमण, २४० जना डिस्चार्ज !

दियो पोस्ट  

काठमाडौँ, साउन ३० । शुक्रबार देशभरमा थप ५ सय ९४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार गरिएको ११ हजार ५ सय ७५ परिक्षणमध्य ५ सय ९४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ, जसमध्य सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ रहेका छन् ।

शुक्रबार नै २ सय ४० जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ जना पुगेको छ ।