
काठमाडौँ, साउन ३० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म ९९ जनाको मृत्यु भएको छ । शुक्रबार थप ४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ९९ पुगेको हो । शुक्रबार मृत्यु हुनेमा मोरङ्ग र सिराहाका एकएक पुरुष र बाराका २ पुरुष रहेका छन् ।
कोरोना संक्रमणबाट प्रदेश दुईमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नम्बर दुईमा ३१ जना पुरुष र ११ जना महिलासहित हालसम्म ४२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै प्रदेश १ मा ९ जना पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
बागमती प्रदेशमा १३ जना पुरुष र ५ जना महिलासहित १८ जनाले कोरोनाभाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् । त्यसैगरि गण्डकी प्रदेशमा ६ जना पुरुषको कोरोनाको कारण निधन भएको छ । प्रदेश नम्बर ५ मा ४ पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
यसैगरि सुदुरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिलासहित ८ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । हालसम्म कुल ७७ जना पुरुष र २२ जना महिलाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।