बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

दियो पोस्ट  

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका घर भएका ६१ वर्षीय सिताराम शाही रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विजुलीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७९ असार ६ गते १६ लाख १९ हजार जरिवाना र ४ दिन कैद सजायको फैसला गरेको थियो ।