नेपाललाई ईस्लामिक राज्य बनाउन चर्को दबाव !

दियो पोस्ट  

काठमाडौं । नेपाललाई कस्तो राज्य बनाउने भन्ने विषयमा देशी विदेशी शक्तिकेन्द्रहरुबीच विवाद र बहस भइरहेको छ । २०६३ अन्तरिम संविधानपछि मुुलुक धर्मनिरपेक्ष देशको रुपमा परिचित भएको थियो । २०७२ को संविधान जारीपछि नेपाल धर्मनिरपेक्ष राष्ट्रको रुपमा छ । तर, नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने भारतीय संस्थापन पक्षको माग छ । त्यस्तै पश्चिमाहरु नेपाल धर्म निरपेक्ष मुलुकमै अडिग गराउन तल्लिन छन् । यस्तो विवादको विच पछिल्लो समय मुलुकलाई ईस्लामिक स्टेट बनाउन चर्को दबाव परेको खबर छ ।

खासगरी साउदी अरब र कतार, दुबई लगायत खाडी मुलुकका राजदूतहरु नेपाललाई स्लामिक राज्यको रुपमा विकास गर्न विभिन्न दौडधुप र दबावमा लागि परेका छन् । मुलुकबाट बर्षेनी लाखौँको संख्यामा विदेशिएका युवाहरु साउदी अरब, दुबई, कतार, बहराइन, कुवेत लगायत देशमा छन् ।

उनीहरुलाई रोजगारी दिएर खाडी मुलुकहरुले ठूलो गुन लगाएको सम्झिएका छन् । ती मुलुकहरुले नेपाल पछिल्लो समय रेमिटेन्सले मात्रै पालिनु परेको र उक्त रेमिटेन्स खाडी मुलुककै कारण संभव भएका कारण स्लामिक स्टेट हुनुपर्ने माग उनीहरुको छ । खासगरी नेपालमा रहेका ती मुलुकमा दूतावासले चर्को दबाव दिने गरेका छन् । नेपाल भ्रमणमा आउने खाडी मुलुकका विभिन्न राजकुमारहरुले समेत स्लामिक स्टेट बनाउन खुलमखुल्ला माग गर्ने गरेका छन् ।