नवराज सिलवाल विरुद्धको जाहेरी : पौने ५ करोड लिएपछि ७ करोडको जग्गा खाइदिए, अझै धम्काउँछन् !

दियो पोस्ट  

काठमाडौं । मिटरब्याजका ‘गडफादर’ भनेर चिनिने पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाल विरुद्ध परेको जाहेरी फेला परेको छ । उनीबाट पीडित भएको भन्दै चितवन घर भएका गुन बहादुर थापाले जाहेरी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको जाहेरी फेला परेको छ ।

ललितपुरको गोदावरी बस्दै आएका पूर्व डिआइजी तथा एमाले सांसद सिलवालले दोब्बर पैसा असुलेपछि पनि आफ्नो जग्गा समेत खाइदिएको उजुरीमा उल्लेख छ ।

 

‘जिल्ला ललितपुर गोदावरी बस्ने तत्कालिन डिआइजी हाल प्रतिनिधि सभा सदस्य अन्दाजी वर्ष ५६ को नवराज सिलवालले म निवेदकलाई विभिन्न आर्थिक प्रलोभन देखाई आफ्नो पैसा ब्याजमा लगाउन लगाई पछि म बाट डबल पैसा असुल गरेर मेरो बहुमुल्य जग्गा समेत नामसारी गराएको र प्रहरीको पदको दुरुपयोग गरेर मलाई झुट्टा मुद्दा समेत लगाएको अवस्था छ,’ उनले जाहेरीमा भनेका छन् ।

उनका अनुसार सिलवालले ३ करोड एक लाख रुपैयाँ दिएर ६ महिनामा ४ करोड ७६ लाख असुली गरेको जाहेरीमा उल्लेख गरेका छन् । यतिका पैसा दिँदा समेत सिलवालले मकवानपुर जिल्लामा रहेको ७ करोड मुल्य बराबरको जग्गा समेत राजिनामा पास गरी  हत्याएको उजुरीमा आरोप छ ।

सिलवालले हालसम्म पनि आफ्ना सहयोगी धुम्बाराही बस्ने वकिल केदार उप्रेति मार्फत धम्की दिने गरेको पीडित गुन बहादुले जनाएका छन् ।

नेपाल प्रहरीमा कार्यरत रहँदा कमाएको अकुत रकम मिटरब्याजमा लगानी गरेका सिलवालले गुनबहादुरबाट तेब्बर रकम असुली गरेपनि पनि विभिन्न मुद्दा मामिला लगाएर फसाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजीलाई कारबाही गर्न निर्देशन दिएपछि गृहमन्त्रालयले डा. भिष्म भुषालको नेतृत्वमा उच्चस्थरिय कार्यादल गठन गरेको थियो । कार्यादल गठन भएपछि पीडितहरुले उजुरी दिएका थिए । सोही क्रममा गुनबहादुरले पनि उजुरी दिएका हुन् ।

 

सम्बन्धित खबर