काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर तिर्न म्याद दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न भनेको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटेका हुन् ।
यसअघि पनि महानगरले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक(पटक ताकेता गरेको थियो । उक्त ताकेताको बेवास्ता गरेपछि म्यारियट, अन्नपूर्ण, र्याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलका क्यासिनोलाई म्यादसहितको पत्र पठाइएको हो ।