चुनाव लक्षित फोर्स गठन गर्दै अखिल क्रान्तिकारी !

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’गठन गर्ने भएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष अमरजंग शाहीका अनुसार मंशिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशव्यापी व्यवस्थित प्रभावकारी बनाउन अखिल क्रान्तिकारीले बिशेष संरचना निर्माण गर्न लागेको हो।

‘क्रान्तिकारी फोर्स’ अखिल क्रान्तिकारी केन्द्रिय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष पञ्चा सिंहसहित केन्द्रिय पदाधिकारीहरु , प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागीता रहने छ । भदौ २२ गते बिहान १० बजे राष्ट्रि सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको संगठनका उपाध्यक्ष शाहीले जानकारी दिए ।

सम्बन्धित खबर