सन्दीप लामिछाने विरुद्ध थप जाहेरी पर्ने संभावना !

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीका थप तीन उजुरी पर्ने भएका छन् । मंगलबार १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेका लामिछानेविरुद्ध करणीकै थप उजुरी संभावना देखिएको छ।

मंगलबार साँझ नुवाकोटकी १७ वर्षीया बालिकाले लामिछानेले आफूमाथि पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी दिएकी थिइन् । पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् ।

प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ ।
अन्य युवतीले आफूहरुमाथि पनि सन्दिपले जबरजस्ती करणी गरेको सुचना प्रहरीलाई दिएका छन् । प्रहरीले उनीहरुबाट पनि जाहेरी लिने प्रक्रिया थालेको छ ।

सम्बन्धित खबर