ओखलढुंगामा “जनताको साथमा काँग्रेस” अभियानको समापन

diyopost.com
युवराज पहाडी
  शुक्रबार, भाद्र २४, २०७९ | १६:५६:१७

काठमाडौं । नेपाली काँग्रेस ओखलढुंगा कार्य समितीद्वारा आयोजित “जनताको साथमा कांग्रेस” राष्ट्रिय अभियान पहिलो चरणको समापन कार्यक्रम सम्पन्न भएको छ । भाद्र १० गते रामपुरबाट सुरु भएको अभियान आज ओखलढुङगाको सदरमुकाममा समापन भएका हो । आजको कार्यक्रममा काँग्रेसले ओखलढुङगामा खटाएका केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडको उपस्थितिमा विषेश कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा जादा पार्टीका नेता तथा कार्यकर्ताले जनताले बुझ्न खोजेका जिज्ञाशालाई सरल भाषामा उत्तर दिन आग्रह गरेकी छिन् । उनले जिल्ला कार्यसमितिले यो अभियानको समिक्षा गर्दै आउने थप कार्यक्रम समेत तत्काल ल्याउन अनुरोध गरेकी हुन् । साथै उनले कार्यक्रमको बीचबीचमा नेतृ गोमा केसीले गरेको पार्टीभित्रको योगदानलाई लिएर संसदको लोगो लाउन योग्य पात्र भन्दै प्रशंसा गरेकी थिइन् ।

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले यो भन्दा अगाडि निर्वाचित संघीय तथा प्रदेश सांसदहरुले विकासका कुनै पनि ठूला आयोजनाहरुमा बजेट ल्याउन नसकेको भन्दै तिव्र असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले आगागी निर्वाचनलाई काँग्रेसमय बनाउनका लागि उम्मेदवारी सिफारिस नभएको नेताले टिकट लिएर आउँछ भनेपनि रुख चिन्हलाई जिताउने गरेर खटिन आम कार्यकर्तालाई आग्रह गरेका छन् । महिला नेतृ गोमा केसीले आफूले लामो समयदेखि ओखलढुंगा काँग्रेसका लागि ठूलो योगदान गर्दा पनि पार्टीले महिला भएकै कारण समानुपातिकबाट उम्मेदवारी सिफारिस गरेकोमा असन्तुष्टि जनाएकी छन् । पार्टीको जिल्ला सभापति भएर लामो समयदेखि काम गरेकी उनी प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवारी दिएर लड्न चहान्थिन् ।

तर आमाको मातृशोकमा रहेको बेला आफ्नो भौतिक उपस्थिति बेगर पार्टीले आफूलाई समानुपातिक लिस्ट नाम राखेर पठाएको भन्दै उनी भावुक बनेकी थिइन् । उनको भावुकता पछि उपस्थित सम्पूर्णमा सन्नटा छाएको थियो । उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा संघीय महाधिवेशन प्रतिनिधि नवीन राईले केन्द्रमा जस्तो गठबन्धन बन्छ त्यस्तै जिल्लामा पनि पार्टी तथा गठबन्धनलाई जिताउन एकजुट हुनुपर्ने धारणा राखेका छन् ।

साथै पार्टी सभापति तेजेन्द्र खनालले नेपाली काँग्रेसलाई फेरी एकपटक जिल्लाको पहिलो पार्टी बनाउन आम कार्यकर्ता एकजुट हुनुपर्नै बेला आएको बताए । उक्त कार्यक्रममा काँग्रेस नेता रुद्र अधिकारीले निर्वाचनमा हार्ने छुट काँग्रेसलाई नभएको तर्क गरेका छन् । कार्यक्रममा जिल्ला सचिव अजय लुईटेल, विनोद केसी, नेवि संघका जिल्ला अध्यक्ष रोशन महतरा लगायतले सम्बोधन गरेका थिए ।

जिल्लाका चिशंखुगढी गाउँपालिका, मानेभन्ज्याङ गाउपालिका, सुनकोसी गाउपालिका र सिद्धिचरण नगरपालिकाका विभिन्न ठाउँहरुमा यो अभियान अन्तरर्गत कार्यक्रमहरु सम्पन्न भएका छन् ।

सम्बन्धित खबर