४८ करोडमाथि बिगो दाबी गरिएका विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ १५ लाख धरौटीमा रिहा

दियो पोस्ट  

काठमाडौं । क्रिप्टो कारोबारीको आरोप लागेका विशाल सिमेन्ट सञ्चालक अमित श्रेष्ठ १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न भने पनि पाटन उच्च अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले बिहीबार श्रेष्ठसँग १५ लाख रुपैयाँ धरौटी मागेर छाड्ने आदेश गरेको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । काठमाडौं प्रहरी परिसरले ४८ करोड ४ लाख ७२ हजार ५४८ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।

अभियोगमा दाबी गरिएको सजायअनुसार श्रेष्ठलाई बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको थियो।

कारागार चलान गर्ने जिल्ला अदालतको आदेश पाटन उच्च अदालतले उल्ट्याएको छ ।

सिफारिस