त्रिविमा मनोमानी ढंगबाट चलेका नेविसंघ समूहहरु विघटन

दियो पोस्ट  

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढंगबाट सञ्चालित समूहहरूलाई विघटन गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ती जारी गर्दै आ–आफ्नै ढंगबाट अगाडि बढिरहेका समूहहरूलाई विघटन गरेको जनाएका हुन् ।

नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने देखिएको भन्दै विश्वविद्यालय क्याम्पसमा सक्रिय सम्पूर्ण समितिहरु आजकै मितिदेखि विघटन गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनको वातावरण सिर्जना गरि अधिवेशन प्रक्रियामा सहभागी हुन सबैमा आग्रह समेत गरे । अब उप्रान्त केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशनबिना त्रिवि समितिको रिक्तताको समयमा कुनै पनि सांगठनिक गतिविधि एवम् नियम विपरीतका क्रियाकलापहरू नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

सम्बन्धित खबर