काठमाडौं । साताको छैंटौ दिन सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४७ दशमलव ४४ अंकले उकालो लागेको सेयर बजार परिसुचक कारोबार दिन आज शुक्रबार पुन ५७ अंकले ओरालो लागेर १९ सय २४ दशमलव ४८ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव १३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३५ हजार पाँच सय ३७ पटकको कारोबारमा ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता सेयर किनबेच भएका छन । जसबाट यसदिन कुल सेयर कारोबार रकम दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।