* नागरिकतामाथि शंका र प्रश्न

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन ०५, २०७९ | ९:५१:०५

जिल्ला प्रशासन कार्यालयका कर्मचारीले कोही कसैको नाम र थरमा कमा, डिका, फुलिस्टपसम्म हेरफेर गर्न आनाकानी गर्छन् । यतिसम्मकी त्यसका लागि विभिन्न सिफारिस लिनुपर्छ । तर, शक्ति र पैसा हुनेहरुका लागि भने जिल्ला प्रशासन कार्यालयले जात नै परिवर्तन गरेर नागरिकता दिने गरेको तथ्य फेला परेको छ ।

केही व्यक्ति विशेषका नाम समाजमा हेपिने खालको अर्थात् दूर्नाम भयो भनेर सरकारले हालै नाम परिवर्तन गर्न कानून नै ल्याएको छ, प्रशासनलाई नाम संशोधनका लागि निर्देशन समेत गरीसकेको अवस्था छ । तर, थरका सन्दर्भमा त्यस्तो कुनै कानून, आदेश प्रवाह भएको जानकारी छैन । र, पनि बागलुङ्गका यी गोर्खा सुनारले भने जातै फेरेर नागरिकता लिएको आशंका छ ।

विभिन्न हाइड्रोमा संलग्न नवधनाढ्य गोर्खा थापाको वास्तविक थर सुनार हो । उनका शैक्षिक प्रमाणपत्रले नै उनको थर खुलस्त पार्छ । तर, जिल्ला प्रशासन कार्यालय, बागलुङ्गले दिएको नागरिकतामा भने उनको जात नै परिवर्तन भएको छ । यसले या त उनीसँग (सुनार र थापा) दुई वटा नागरिकता भएको अनुमान गर्न सकिन्छ, नत्र उनले जात ढाँटेर थापा थरबाट नागरिकता लिएको हुनुपर्छ ।

तत्कालिन पाण्डवखानी गाविस–९ मा २०४४ चैत्र २७ मा जन्मेका धनबहादुर सुनारका छोरा राजेन्द्र सुनारले पाण्डवखानी उच्च मावीमै अध्ययन गरेका हुन् । २०६० मा एसएलसी उर्तिण गरेका उनी २०५० देखि नै उक्त स्कुलमा पढ्दै आएका थिए । तत्पश्चात २०६३ मा काभ्रेस्थित दिपेन्द्र प्रहरी उच्च मावीबाट बाह्र कक्षा पास गरेका गोर्खा सुनारले २०६२ असार ८ गते नै जिल्ला प्रशासन कार्यालय, बागलुडबाट गोर्खा थापाको नामबाट नागरिकता नं. १९८६७४–७१० लिएका छन् । साहायक प्रजिअ लक्ष्मीराज शर्माले जारी गरेको उक्त नागरिकता शंकाको घेरामा देखिन्छ ।

केही बढी पाठक रहेको सेतोपाटी अनलाईनको समेत लगानीकर्ताको दावी गर्दै हिँड्ने गोर्खाले आफू प्रहरीका हाकिमका मान्छे हुँ भन्दै हिँड्ने गरेका छन् ।
गाेरखाले थर फेर्न चाहानुको कारण जातीयता नै होला वा नहोला । तर, जन्म मिती र नाम थरका लागि एसएलसीको प्रमाणपत्र वा रजिष्टर््ेशनको आधार खोज्ने जिल्ला प्रशासन कार्यालयले एसएलसीको प्रमाण पत्रको ठाउँमा के हेरेर नागरिकता दियो भन्ने प्रश्न उठेको छ ?

 

शिर्षक सम्पादन गरिएकाे : सम्पादक

सम्बन्धित खबर