काठमाडौं । एटीएम मेसिन तोडफोड गर्दै गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइड वाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनलाई एटीएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।