नवलपारासी । सरकारसँग भएको पाँच बुँदे सहमतिसँगै घर फर्किएका पीडित मजदुर किसानहरुले आफ्नो गृह जिल्ला नवलपरासी पुगी कुख्यात मिटर ब्याजी साहुको घर घेराउ गरेका छन् । आज बुधबार मिटरब्याज पीडितहरुले साहुकार जगदीश बानियाँ र सुनिल बानियाँको घर घेराउ गरेका हुन् ।
“सरकारलाई पाँच बुँदे सहमति कार्यन्वयनमा लैजान ताकेता गर्न, साहु सुद्खोरहरुलाई खबरदारी गर्न र थप संघर्षको लागि पीडित एवम् आम न्यायप्रेमी जनतामा अपिल गर्न पीडितहरुकै क्षेत्रका विभिन्न ठाउँमा र्याली सहितको कोण सभा कार्यक्रमहरु गर्दै आइरहेका छौं”, मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका एक सदस्यले भने।
यसैक्रममा साहु सुद्खोरहरुको घर घेराउ गर्ने कार्यक्रमलाई अगि बढाइए पनि यसरी साहु सुद्खोरहरुकै घर घेराउ गर्ने गरि गरिएको खबरदारी कार्यक्रम सुरक्षा एवंम अन्य धेरै कारणले पनि चुनौतीपूर्ण रहेको मिटर ब्याजी पीडितहरु बताउँछन्। र, पनि यसो गर्नुको विकल्प नरहेको भन्दै अन्तिमसम्म पनि न्याय प्राप्तिको लागि लडिरहने र जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने प्रण गरेको पीडितहरुले बताए। सोबार बिहान मात्रै घर पुगेका पीडित मजदुर किसानहरुले सोही दिन देखि नै विभिन्न खाले खबरदारी कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।
सोही दिन र्याली बर्दघाट नवलपरासीबाट सुरु भई गोपीगञ्ज प्रतापपुर, जगदीश बानियाँ र सुनिल बानियाँको घर घेराउ गर्दै सुस्ता फेनहरा बजार लगायतका ठाउँहरुमा कोण सभा सम्पन्न गरिएको थियो। हिजो मङगलबार पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै रतन्गञ्ज सुस्ता(५,परसौनी, प्रतापपुर लगायतका ठाउँहरुमा कोण सभा सम्पन्न गर्दै आज पनि दबिला,सरावल गाउँपालिका नवलपरासीमा र्याली सहितको कोण सभा गर्ने तयारी भईरहेको पीडितहरुले बताए ।