अनाधिकृत संरचना हटाउन ललितपुर महानगरपलिकाको ३५ दिने ‘अल्टिमेटम’

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन ०५, २०७९ | १२:५०:४०

काठमाडौं । ललितपुर महानगरपलिकाले पनि नगरपालिकाभित्र रहेका अनाधिकृत संरचना हटाउने भएको छ । बुधाबारको गोरखापत्र दैनिकमा प्रकाशित सूचाना अनुसार महानगरले ३५ दिने म्यादसहित सुचाना जारी गरेको हो ।

महानगरभित्र रहेका नक्शा स्विकृतबिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना तथा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका संरचनाहरु ३५ दिनभित्रै हटाउन निर्देशन दिएको छ ।

सूचनाअनुसार म्यादभित्र नियम पालना नगरे महानगरपालिका कार्यालयले त्यस्ता संरचनाहरु आफैँ हटाउने समेत जानकारी गराएको छ ।

सम्बन्धित खबर