सर्वसाधारणका लागि ८ वर्षपछि खुल्यो तातोपानी नाका

दियोपोस्ट संवाददाता

काठमाडौं ।  आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि चीन उत्तरी सिमानाका तातोपानीबाट दुईतर्फी आवतजावत आज शुक्रबारदेखि खुला गरिएको छ ।

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने सीमा नाकाबाट १३० नेपालीलाई चिनियाँ क्षेत्रमा र १०८ जना चिनियाँलाई नेपाल प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।

गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाखा खुला गर्ने निर्णय गरेको थियो।

निर्णय अनुसार आजबाट तातोपानी नाका स्थानीय सर्वसाधारणको लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

आवत–जावत भर्खर सुरु भएकाले कम मानिसलाई प्रवेश अनुमति दिएको छ, खासाको छिट्टै सम्पन्न हुने पुनर्निर्माणपछि नेपाली पर्यटक लिपिङबाट सिधै न्यालम जान पाउने व्यवस्था गरिएको छ । आज भने चिनियाँको पुल बजारसम्म मात्र प्रवेश गर्न दिएको छ ।

नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

सम्बन्धित खबर