डोल्पामा १३ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

डोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरा रहेका छन् ।

बोहराले ती लाई त्रिपुरासुन्दरी नगरपालिका(१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।