मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दियोपोस्ट संवाददाता

रोल्पा । राल्पाको लुङ्ग्री गाउँपालिका–५ सेवारस्थित सडकमा रा.१ प ७४३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४९ वर्षीय भुजन बुढाथोकी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर हुँदै लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।