छुट्टाछुट्टै ठाउँमा २ जनाको डुबेर मृत्यु

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा २ जनाको डुबेर मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका–६ हरवाडा चपुतरा चोकस्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँस्थित मामाघर बस्दै आएका सिरहा कर्जनाहा नगरपालिका–२ बन्दिपुर बस्ने महेन्द्र मण्डलको छोरा ३ वर्षीय अनुराग मण्डल रहेका छन् ।
अचानक लड्दा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा शुक्रबार बिहान बाटोमै मृत्यु भएको हो ।

यसैगरी पर्वतको फलेवास नगरपालिका–३ शङखरपोखरी घर भई सोही नगरपालिका–४ शिरसुवा बस्ने ६२ वर्षीया हरिकला नेपालीको मृत्यु भएको छ । सोही ठाउँस्थित सिचाईको कुलोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।