अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

दियो पोस्ट  

पर्सा । पर्साको पर्सागढी नगरपालिका–१ बडेरुवाबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय १३ ग्रामसहित एक जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर सुनाचुरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय चन्द्रमान प्रजा रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट मानवाबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ आउँदै गरेको प्रदेश नं.२–०३–००१ ह २७२ नम्बरको अटो रिक्सालाई जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।