वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

दियो पोस्ट  

काठमाडौं । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनबाट साढे दुई बजे हाम फालेका उनको आज मृत्यु भएको हो । मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको मिश्रले बताए ।
बिरामीको आफन्त हुँ भन्दै अस्पतालमा प्रवेश गरेका उनी माथि तलामा गएर हाम फालेका थिए ।

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ मिश्रले भने ।