
उपराष्ट्रपति पुत्र दिपेश पुन
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएका हुन् । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।
३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।
यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ ।
बयानपछि उनलाई कागज बनाएर छाडिएको छ। अनुसन्धानमा आवश्यक परेको खण्डमा उपस्थित शर्तमा उनलाई छाडिएको हो।
पुनमाथि सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहलाई सहजीकरण गर्ने गरेको आरोप लागेको थियो।