
धादिङ । नेकपा एमालेको बागमति प्रदेश अध्यक्ष बन्ने भन्ने चर्चामा रहेका खेमप्रसाद लोहनी प्रतिनीधि छनौटमा नै आफू हार्ने डर भएपछि भरीसकेको मनोनयन पत्र दर्ता नै नगरी काठमाण्डौ गएका छन् ।
नेकपा(एमाले)को दशौं महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका लोहनीले , बागमति प्रदेशको अध्यक्ष बन्ने भनेर हल्ला चलाएका थिए । केन्द्रिय सदस्य भएका कारण केन्द्रमा रहेको सदस्यता संगठन विभागबाट पत्र लेखाई ज्वालामुखि गाउँपालिकामा मतदाता कायम गरेपनि कार्यकर्ताहरुले प्रतिनिधिमा नै हराइदिने भनेपछि आफू हार्ने डरले उनले मनोनयन दर्ता गर्ने हिम्मत नै नगरेको एक कार्यकर्ताले जनाए ।
पछिल्लो समय जिल्लाको पार्टी विगार्ने, सानो समूह बनाई जिल्ला कमिटीलाई काम गर्न असहज बनाउने काम गरिरहेका लोहनी अहिले सिन्धुली जिल्लाको जिल्ला इन्चार्ज भएपनि धादिङमा गुटबन्धि गर्ने र पार्टीलाई काम गर्न नदिने गरिरहेका छन् । लोहनी कै कारण हिजो पार्टी विभाजनका समयमा धेरै व्यक्तिहरु समाजवादी भएको र अहिले पनि पार्टीमा फर्कन खेम लोहनी नै अवरोध भएको हाल समाजवादीमा रहेका नेताहरु बनाउँछन् ।
प्रदेश अध्यक्षको उम्मेदवार हुने भन्ने कार्यकर्तालाई फोन गरेर बताएर सदस्यता ल्याएपनि प्रतिनिधि छनौटमा नपरिने भएपछि लेखेर ठिक्क पारेको फारम समेत नबुझाइ काठमाण्डौ गएको स्थानीय कार्यकर्ताले बताएका छन् ।
असोज ८ र ९ गते हुने बागमति प्रदेश अधिवेशनमा स्थानीय पालिकाबाट प्रतिनिधि छानिएर आउनुपर्ने प्रावधान रहेको छ ।
बागमती प्रदेश अधिवेशनमा धादिङ जिल्लाबाट दलित ११ जना, महिला २३ जनासहित ८६ जना प्रतिनिधि सहभागी हुनेछन् ।