
काठमाडौँ । सरकारले स्वर्गीय नेता सुवास नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठकले एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य नेम्वाङको अन्तिम संस्कारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेम्वाङका दुई छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलमै राखिनेछ । विदेशमा रहेका छोराहरू आएपछि नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ । सोही दिन सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।