छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषसहित ७ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ सी गाउँ बस्ने ३७ वर्षीय नवराज जोशी रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित सोमबार साँझ पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका–७ घेरुवा बनगाई नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्रामसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–७ बनगाई बस्ने ३६ वर्षीय ज्ञानराज परियारसहित ४ जना रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित सोमबार राति पक्राउ गरेको हो ।

साथै मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरूवाबाट अवैध लागूऔषध ब्राउनसगुर १० ग्राम ३० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा  सुनसरी ईटहरी उपमहानगरपालिका–२० बस्ने ३७ वर्षीय अमृत पुरी र सुनसरी धरान उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय सुसान्त रिजाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्य अनुसन्धान गरिरहेको छ ।