
कपिलवस्तु । कपिलवस्तुमा चिर्पट प्रहार गरी छोराद्धारा बुवाको हत्या भएको छ । आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियार रहेका छन् । घरायसी विवादको क्रममा बिकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएका थिए । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।