काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो ।
गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेता सहभागी थिए ।
यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत मंगलबारको बैठकमा सहभागी थिए ।