काठमाडौं । नेताको छोरालाई कुट्दा विराटनगर महानगरपालिकाले तीन जना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ । नगर प्रहरी हबल्दार रमेश निरौला तथा जवाहरु विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले जागिरबाट हटाएको हो ।
नगर प्रहरी विराटनगर–७ स्थित कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसीका सञ्चालक तथा जनतासमाजवादी पार्टी (जसपा) मोरङका अध्यक्ष रामकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख (मेयर) नागेश कोइरालाले ती नगर प्रहरीलाई सोमबारबाट लागु हुनेगरि जागिरबाट हटाउनुभएको छ । गत भदै २७ गते साढे ४ बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यका लागि खटिएका नगर प्रहरी र यादवबीच पार्किङ विषयलाई लिएर विवाद भएको थियो । औषधि पसल अगाडि ‘नो पार्किङ’मा रोकेको सिटि सफारीमा नगर प्रहरीले ह्रिवललक गरेपछि यादवले लक खोल्न नगर प्रहरीलाई दबाब दिएका थिए ।
सफारी चालकले यादवसँग नगर प्रहरीले लक नखोलिदिएको भनेर गुनासो गरेपछि चाँडै लक खोलिदिने भन्दै दबाब दिएका थिए । त्यसपछि नगर प्रहरीले यादवालाई वडा कार्यालय विराटनगर लगेका थिए । वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठ माथि हातपात गरेका थिए । तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन ।
एकै प्रकृतिको घटना हुँदा तीन जना नगर प्रहरीको जागिर खाइदिने मेयर महानगरमा भएको छलफल छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी मेयर कोइराला दिइएको थियो । त्यसैका आधारमा कोइरालाले मंगलबार विज्ञप्ति जारी गर्दै तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको जानकारी दिनुभएको हो ।
आजको नेपाल समाचारपत्र पत्रिकामा खबर छ ।