छोरीलाई पास गराउन साटियो उत्तरपुस्तिका !

दियो पोस्ट  

काठमाडौं । महेन्द्र मोरङ क्यापसमा एक प्राध्यापकले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आषनी छोरीलाई पास गराउन उत्तर पुस्तिकानै साटफेर गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका छन् ।

अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी निकालि सोही क्यापसका प्रध्यापक राजन दत्तकी छोरी आस्था दत्तको कापीम अट्याच गराएर पास गराएको आरोप लागेको छ । सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अंग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयोगमा दत्तकी छोरीको उत्तरपुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरुको भनाइ छ ।

गार्डले उत्तरपुस्तिका साटिदिएपछि सन्ध्या भने अनुत्तीर्ण भइन् । आक्रोशित विद्यार्थीले बुधबार बिहान ५ बजे डिग्री क्यापस परिसरमा पार्किङ गरी राखेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगोसमेत लगाएका छन् । उक्त कुरा क्याम्पस प्रशासनलाई जानकारी भए पनि पीडीतलाई थामथुम पार्दै दुई दिनमा परिणाम निकाल्ने र नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन क्याम्पस प्रशासनले दिँदै पुनः परीक्षा लिएको थियो ।

दोस्रो वर्षको नियमित परीक्षाको परिणाम आइसक्दा पनि दुई दिनमा रिजल्ट निकाल्ने भन्दै लिएको पुनः परीक्षाको रिजल्ट अझै नआएपछि आफुलाई मानसिक तानाव बढेको सन्ध्याले बताउनुभएको छ । पुनः परीक्षाकै कारण ब्याक पेपरको परीक्षासमेत उहाँले दिन पाउनुभएको छैन । उहाँको दोस्रो वर्षको परीक्षाको रिजल्ट भने आइसकेको छ । त्यसमा सन्ध्या उत्तीर्ण हुनुहुन्छ ।

२०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षा ६०००३०८८८ नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तरपुस्तिका थप गर्नुभएको थियो । तर, उहाँको उत्तरपुस्तिकामा थप उत्तरपुस्तिका गार्डले नराखेको पाइएको छ । असोज २ गते साँझ डिग्री क्याम्पसा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिई उक्त क्याम्पसका प्रमुख बाबुराम तिमल्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई विद्यार्थीले अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि क्याम्पस प्रमुखलाई प्रहरीले उद्धार गरेको थियो ।

आजको नेपाल समाचार पत्रिकामा खबर छ ।

TATA ADD