
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन नगरपालिका(५ खमारे बस्ने २५ वर्षीय बिवेक राई रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टालीले उनलाई उक्त नोटसहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।