रौतहटमा ईलेक्ट्रोनिक्स सामान बरामद

दियोपोस्ट संवाददाता

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरबाट बिहीबार राती करीब ७ लाख ८० हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

गौरबाट चपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३००१ ख ०१२३ र प्रदेश २–०१००६ ख ५४३४ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको ३ हजार ६ सय ५५ थान एलइडी वाच र ४ सय ९० थान एलइडी लाईटको विलविजक नभएको पाईएपछि सुरक्षा वेश सन्तपुरले बरामद गरेको हो ।

बरामद सामान गौर भन्सार कार्यालयमा बुझाईएको छ ।

 

सम्बन्धित खबर

सिफारिस