काठमाडौँ । महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ गरेका छन् ।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरुले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।