१५ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दियोपोस्ट संवाददाता

डडेल्धुरा । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्लाको पर्शुराम नगरपालिका–४ कटाल बस्ने टेक बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय करन देब ओझासहित ६ जना रहेका छन् ।

बोहराको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस