
रूपन्देही । रूपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सैनामैना नगरपालिका–११ ओखडा बस्ने ८१ वर्षीय पूर्ण भद्र रेग्मी रहेका छन् ।
आफ्नै गोठमा काम गर्ने क्रममा बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।