प्रदेशको योजनाले गाउँमा लफडा

दियोपोस्ट संवाददाता

काठमाडौं । इलाम फाकफोकथुम गाउँपालिका–७ का शशीधर खनालले ३० वर्ष अघिदेखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुंगो छैन । २०५० सालमा मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कौ गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ । खनाल मात्रै होइन सिँगो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार सिर्जना भएको छ ।

एकतप्पाका ४८ भन्दा बढी घर परिवारले प्रयोग गरिरहेको पानी अर्कौै वडातिर जाने भएपछि दुई गाउँबिच झगडा सुरु भएको छ । लामो समयदेखि खानेपानी प्रयोग गरिरहेको मुहानबाट अर्को वडामा जाने गरी आयोजना निर्माण भएसँगै दुई गाउँबिच झगडा सुरु भएको हो । कोशी प्रदेशले कुनै अध्ययन बिना नै हचुवाका तालमा खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन गर्दा झगडाको स्थिति आएको हो । विराटनगरमा बसेर योजना छुट्याउने र गाउँको अवस्था नबुझी बजेट विनियोजन गर्ने गरेका कारण दुई गाउँबिच झगडा उत्पन्न भएको हो ।

३० वर्ष अघि मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपानीको मुहानबाटै कोशी प्रदेशबाट खत्री गाउँ खानेपानी आयोजना निमार्ण भएपछि दुई गाउँबिच झगडा उत्पन्न भएको हो ।

सिकारी भज्याङ आसपासका घरपरिवारसहित सिंह देवी माध्यमिक विद्यालय,आयुर्वेद औषधालसहित ४८ घर परिवाले प्रयोग गरिरहेको खानेपानी अर्को वडामा जाने भए पनि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको खनाल बताउँछन् । उनले ५० सालदेखि खाइरहेको पानी प्रदेशले अर्कोतिर पारेको गाउँ नै समस्यामा परेको हो ।

आजको राजधानी पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस