भोजपुरमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ दावारबे टोल बस्ने ७२ वर्षीय मान वहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गरेका थिए । उक्त घटनापछि बालिकाको गर्भ रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर