अवैध लागूऔषधसहित एक जना पक्राउ

दियो पोस्ट  

इलाम । इलामको माई नगरपालिका–४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेत रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी दानाबरीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपले हिडिँरहेका उनलाई उक्त पदार्थसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर