एयर गनसहित एक जना पक्राउ

दियो पोस्ट  

सुनसरी । सुनसरीमा १ थान एयर गनसहित एक जना शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकोे धरान उपमहानगरपालिका–१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की रहेका छन् ।

कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर