बैतडि डिलाशैनी गाउँपालिकामा सधैं किचलो

हाकिमबारे झनै विवाद चर्कियो

दियो पोस्ट  

काठमाडौं । डिलाशैनी गाउँपालिकाका २०७७ साल यात प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ । विगत तीन वर्ष देखि जन स्वास्थ्य निरीक्षकलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइ गाउँपालिका चलिरहेको छ ।

गत ४ भदौमा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खटाउँदा डिलाशैनीमा रंजन पटेललाई खटायो । यसबीच गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी पालिकाबाहिर रहेको मौका छोप्दै उपाध्यक्ष भगीरथ बोहराले पटेललाई गाउँपालिकाले स्वीकार नगर्ने आशयको चिठी मन्त्रालयलाई पठाइदिएछन् । जुन विषयमा गाउँपालिका अध्यक्ष जोशीसहित जनप्रतिनिधि नै अनविज्ञ छन् ।

उपाध्यक्षले कार्यवाहक अध्यक्षका रुपमा हस्ताक्षर गर्दै जिल्लाबाहिरका कर्मचारी बढी बिदामा बस्ने भएकाले १२ महिना नै काम गर्न स्थानीय कर्मचारी चाहिने भन्दै निमित्तलाई नै अख्तियारी दिन चिठि लेखेका छन् । सो चिठी बारे अध्यक्ष जोशीसहित जनप्रतिनिधि अनविज्ञ भएकै अवस्थामा सोे चिठि अनुसार मन्त्रालयले पनि काम गरेन । उल्टै उपाध्यक्षले भनेको कर्मचारीलाई आर्थिक तथा प्रशासनिक अख्तियारी दिन नसकिने जवाफ पठाएको छ ।

गाउँपाकिकाका प्रवक्ता यज्ञराज भट्टले भने, ‘उपाध्यक्षजीले जिल्ला बाहिरको हार्किम नपठाउन कहिले के चिठी पठायो, अध्यक्षसहित हामी जनप्रतिनिधि नै अचम्मा छौं, अध्यक्षजीलाई सिडिओले हाकिम अस्वीकार गरेको हो र ? भन्दै प्रश्न गर्नुभएछ, अध्यक्षज्युले होइन भनि मन्त्रालय बुझ्दा उपाध्यक्षजीले सल्लाह नै नगरी चिठि पठाएको पाइयो । यस विषयमा आगामि कार्यालय बैठकमा गम्भीर छलफल गछौं, अहिलेलाई मन्त्रालयबाट खटाइएका पटेलज्यूलाई स्वागद गर्दै कामकाज नियमित रुपमा अघि बढ्छन् ।’

गाउँपालिकाको रिक्त दरबन्दीमा कर्मचारी पठाइदिने भन्दै कार्यपालिका र गाउँपालिको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालय र प्रदेश लोकसेवा आयोगलाई पटक पटक गरेको गाउँपालिका अध्यक्ष जोशीको भनाइ छ । डिलाशैनी गाउँपालिका दरबन्दीअनुसारका कर्मचारी नहुँदा कामकाजले गति लिन सकेको छैन । गाउँपालिकामा हार्किम नहुँदा केहीबाहेका अधिकांश कर्मचारीले मनलाग्दी गरेको पाइन्छ । कर्मचारी न समयका कार्यालयमा हार्जिर हुन्छन् न त कहिल्यै पोसाक प्रयोग गर्छन् ।

गाउँपालिकामा स्वतन्त्रबाट चुनाव जितेका व्यक्ति धेरै छन् । १५ जना कार्यपालिका सदस्यमध्ये पालिका अध्यक्षसहित सात स्वतन्त्र, दुई एमाले र उपाध्यक्षसहित ६ कांग्रेसबाट निर्वाचित रहेका छन् ।

आजको राजधानी पत्रिकामा खबर छ ।