त्रसित मलंगवावासी, सुनसान मलंगवा

दियो पोस्ट  

काठमाडौं । सर्लाही सदरमुकाम मलंगवा यतिबेला सुनसान देखिएको छ । स्थानीयहरु दुई समुदायको विवादलाई लिएर त्रासमा बाँचिरहेका छन् । दुई समुदायको दंगलाई लिएर मंगलवावासीहरु घरमा ताल्चा लगाई आ–आफ्नो नातेदारको शरणमा गएका छन् । गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुहबीच भएको विवादले उग्ररुप लिएपछि मंलगवा नगरपालिकाम बिहीबार राति १० बजेदेखि कर्फ्यु निरन्तर रुपमा जारी छ । कर्फ्यु लागेको आइतबार चौथो दिन भए पनि दंगा नियन्त्रण हुन सकेको छैन । ठाउँठाउँमा प्रहरी परिचालन भए पनि तोडफोड लगायतका अन्य हिंसात्मक गतिविधि रोकिएको छैन ।

मंलगवा नगरपालिका – ४ की एक महिलाले राति सुत्नेबेला मुस्लिम समुदायका करिब ५० जनाको हतियारधारी समूह आएपछि हिन्दू समुदायमका व्यक्तिहरुको भागाभाग भएको बताइन् । उनीहरुको हातमा तलवार खुकुरीलगायतका हतियार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । हतियारधारी समूहले मंलगवा नगरपालिका–३ का दर्जनौं घरमा तोडफोड गरेको एक प्रत्यक्षदर्शीले बताए । हरियारधारीको समूहले घरको ढोका, ग्रील झयालहरु फुटाएको स्थानीयहरुको भनाइ छ । यो समूह वडा नम्बर ४ स्थित नसिर र नुर हसन भन्ने व्यक्तिले खसी काटेर भोजभतेर गरी भारतबाट बोलाइएका मलंगवाका केही युवा मिलि हिन्दुहरको घरघर गएर तोडफोड गरेको थियो ।

साथै, परालको टालीमा आगलागि गरेर मुस्लिम समुदायले हतियारसहित दंगा गरेपछि अहिले धेरै जसो स्थानीय घर छाडेर अन्यत्र गएको अवस्था छ, केही बस्ती खालि भएका छन् । मलंगवा नगरपालिकामा कर्फ्यु कायमै भए पनि हिँडडुल गर्न र मोटरसाइकल आवतजावत भने भइरहेको छ ।

आइतबार मात्रै पनि वडा नं ४ स्थित एक जनाको मोटरसाइकलमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी दीपेन्द्र पञ्जियारले मलंगवाको अवस्था सामान्य भएको बताए । उनले सामजिक सञ्जालमा यस विषयलाई लिएर अनावश्य टीकाटिप्णी भइरहेको पनि बताए । उनले घर जलाएको घटनामा कुनै सत्यता नभएको र सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह पनि गरेका छन् ।

मलंगवा नगरपालिका नगर प्रमुख नागेन्द्र रायले यो दुई पक्षको विाद नभएर केही उच्छुंखल व्यक्तिहरुको भएको बताए । उनले दुई पक्षकै अगुवाहरुको बैठक बसी समस्या समाधान गर्न आफूहरु लागिपरेको बताए । मधेस प्रदेशसभा सदस्य कौशलकिशोर रायले घटनापछि प्रहरी प्रशासन मूदर्शक भएर बस्नु दुःखद भएको बताए । उनले अहिले भइरहेको घटना दुई समुदायको भन्दा पनि केही उच्छृंखल व्यक्तिहरुको कारणले भएको र ती व्यक्तिलाई कारबाहीको दायरामा ल्याइए अवस्था सामान्य हुने बताए । प्रदेशसभा सदस्यले रायले सामजिक सद्भाव कायम राख्न सम्पुर्णमा आग्रहसमेत गरे ।

आजको राजधानी पत्रिकामा खबर छ ।

सिफारिस