जो साउदी पुगेको सात दिनमै कफिनमा फर्किए …

दियो पोस्ट  

काठमाडौं । सुन्दर भिवष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका– १ निकासि टीकाराम रिमलको निधन भएको छ ।

न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै विरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधनबारे जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो ।

१९ दिन भित्र सम्पुर्ण प्रक्रिया पुरागरि शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का अमिनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपमना पनि खेर गएको छ । उनको निधन पछि परिवारमा बज्रपात परेको छ ।
आजको राजधानी पत्रिकामा खबर छ ।