८० प्रतिशत कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

दियोपोस्ट संवाददाता

काठमाडौं । दोलखाको वैतेश्वर गाउँपालिकाले सरकारी तलब, भत्ता खोनेहरुको आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष छवि लामाले गाउँपालिकाको चालु शैक्षिक वर्षदेखि गाउँपालिका भित्रका राज्यको स्रोतबाट तलब भत्ता सबै खाने कर्मचारी र अन्य व्यक्तिका छोराछोरीलाई अन्य रुपमा सामुदायिक विद्यालयमा अध्यापन गराउन दिइएको निर्देशनको अवज्ञा गर्नेलाई कारबाहिस्वरुप तलब भत्ता रोक्न लगाइएको जानकारी दिए ।

शैक्षिक वर्ष सुरु हुनु अघि नै गाउँपालिकाले अनिवार्य रुपमा आफ्ना छोराछोरी समुदायिक विद्यालयमा पढ्न निर्देशन दिएको थियो । धेरैले अहिले सामुदायिक विद्यालयमा नै पढाउँदै आएका छन् तर केही जनप्रतिनिधि, कर्मचारी शिक्षकले उक्त निर्देशन पालना नगरेकाले उनीहरुमाथि अब कारबाही हुने गाउँपालिकाले जनाएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पनि सरकारी तलब भत्ता खानेका आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउन गाउँपालिकाले निर्णय गरेको हो । नेपाल संविधान २०७२ को धारा ५७ र अनुसूची ८ बमोजिम माध्यमिक शिक्षा व्यवस्थापन स्थानीय तहलाई दिएकाले गाउँपालिकाले शैक्षिक सुधारका लागि अभियान सुरु गरेको हो । गाउँपालिकाको निर्देशन पछि ८० प्रतिशत भन्दा बढी सरकारी कर्मचारीका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका कालीढुङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्करकुमार दाहालले जानकारी दिए ।

सामुदायिक विद्यालय पढाउने शिक्षक नै निजी विद्यालयमा आफ्ना बच्चालाई पु¥याउने आफैंले पढाउने विद्यालयको विश्वास नभएको गुनासो बढ्दै गएको छ । सामुदायिक विद्यालयको स्तर खस्किरहेको भन्ने अभिभावकको गुनासो आइरहेका बेला पढाइको स्तर बढ्ने विश्वासमा राज्य स्रोतबाट तलब भत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत रवीन्द्र चौलागाई पनि चालु शैक्षिक वर्षपछि अधिकाश जनप्रतिनिधि, कर्मचारी र शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमै भर्ना भएको जानकारी दिँदै भने, ”गाउँपालिकाले निर्णय गरेकै वर्ष ८० प्रतिशत बढी कार्यान्वयमा आउनु पनि ठुलो सफलता हो ।“

आजको गोरखापत्र पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस