अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुन रहेका छन् ।

पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस